लक्ष्मी बैंकका शाखा सय कटे

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने केही अघि मात्र दुई शाखा थप गरेको छ । काठमाडौंको बौद्ध र ललितपुरको इमाडोलमा शाखा थपिएसँगै लक्ष्मी बैंकका शाखा संख्या १०१ पुगेका छन् ।
लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा एक सय एक शाखा, पाँच हस्पिटल सेवा काउन्टर, एक सय १७ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।