एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत रायमाझी

काठमाडौ । एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) को पदमा रमेन्द्र रायमाझी नियुक्त भएकाछन । कम्पनीको पछिल्लो पटक सम्पन्न भएको ५५ औ सञ्चालक समितिको बंैठकले रायमाझीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
रायमाझी विगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका व्यक्ति हुुन । उनको कार्यसम्पादन तथा बिगतको कार्यअनुभवहरुबाट क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुका साथै क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा उत्कृष्ट रहने विश्वास कम्पनीले गरेको छ ।