सेञ्चुरी कमर्सियल बैंकद्वारा सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आँधीहुरी पीडितलाई सहयोग गरेको छ । बैंकले आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीको कारण मृत्यु हुनेहरुमा हार्दिक समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत स्वरुप संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत खाद्यान्न सहयोग गरेको हो । बैंकका अनुसार अकल्पनीय घटनाका चार सय ९० पीडित परिवारहरुलाई पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको हो ।