डा. गोविन्द केसीलाई आईसीयुबाट निकालियो
काठमाडौँ- डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको आइसीयुवाट सामान्य वार्डमा सारिएको छ ।
२७ दिन लामो अनशन बसेका केसीसँग सरकारले सहमति गरेपछि उनको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै उपचारका लागि ६ दिन सम्म आइसीयुमा राखेपछि सामान्य वेडमा सारिएको हो ।
केसीको मंगलबार गरिएको रगत परीक्षण प्रतिवेदन र ईसीजीमा सुधारका संकेत देखिएपछि वार्डमा सारिएको छ । उनको शारिरमा अझै पनि सन्तोषजनक रूपमा सेतो रक्तकोशिकाको संख्या नबढेको, रक्तचाप ‘मेन्टेन’ नभएको र नसाबाट विभिन्नखाले औषधि दिनुपर्ने भएकोले अझै केही दिन सामान्य वेडमा राखेर उपचार गर्नुपर्ने डाक्टरहरुले जनाएका छन् ।