नारायणकाजी श्रेष्ठले दिए नेकपाको प्रवक्ताबाट राजीनामा, फकाउने जिम्मा नेपाललाई

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएको खुल्न आएको छ ।

पार्टी नीतिविपरीत डा। गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए । ‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए । अर्का अध्यक्ष प्रचण्डले पनि ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा कांग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको सचिवालयका एक नेताले बताए ।

राजीनामा दिएर बैठककै बीचमा बाहिरिए श्रेष्ठ

दुवै अध्यक्षले पालैपालो स्पष्टीकरण सोधेपछि प्रवक्ता श्रेष्ठले ‘मैले किन भेट्न नपाउने रु’ भन्दै झोक्किएर राजीनामाको घोषणा गरेको र थोरै शब्दको राजीनामापत्र लेखेर बाहिरिएको एक नेताले बताएको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । ‘