क्यान्सर सोसाइटीले दियो सेवा

चितवन÷क्यान्सर सोसाइटी लायन्स र भरतपुर क्यान्सर हस्पिटलको संयुक्त आयोजनामा शुक्रनगरका पीडितलाई सहयोग प्रदान भएको छ । हालै आयोजित कार्यक्रममा शारीरिक रूपमा अपांग भएकालाई ह्वीलचेयर, दुईसय भन्दा बढी विपन्न विद्यार्थीलाई झोला र कापी एवं स्थानीय महिलालाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको सोसाइटीकी पदाधिकारी तथा कार्यक्रम संयोजक लायन कमला पौडेलले बताइन् ।