‘छ माया छपक्कै’को छायांकन सुरु

चलचित्र ‘छ माया छपक्कै’को छायांकन सुरु भएको छ । चलचित्रका निर्माता रोहित अधिकारीले छायांकन सुरु भएको जानकारी दिदै राम्रो चलचित्र बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन् । चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रले उमेर अन्तर भएका यूवा र यूवतीको प्रेम कथालाई देखाउने बताइएको छ । यसपटक, दिपकराज गिरी र उनको टिमले रोहित अधिकारीको पूर्ण लगानीमा काम गर्न लागेको हो । तर, नाफाको आधा प्रतिशत भन्दा बढी रकम दिपकराजको टिमलाई जाने बताइएको छ । यो चलचित्र दशैंताका प्रदर्शन हुने बताइएको छ ।