बिराटनगरमा रहेको भारतिय क्याम्प आजदेखि बन्द हुने
बिराटनगर- भारत सरकारले बिराटनगरमा संचालन गरेको क्याम्प आजदेखि बन्द हुने भएको छ ।
भारतले १० वर्षअघि नेपाल सरकारको अनुमतिविनै सो कार्यालय स्थापना गरेर संचालन गर्दै आएको थियो ।
भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर आज (बुधबार) अर्थात अगस्ट १ देखि बिराटनगरको क्याम अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने जनाएको छ ।
सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले पहिला सुनसरीमा अस्थाई क्याम्प संचालन गरेको थियो भने पछि नेपाली गाडिले भारतिय बाटो प्रयोग गर्नुपर्ने भएकोले रुप परमिटका लागि भन्दै बिराटनगरमा सारेको थियो ।
यती मात्र होइन नेपाल सरकारको अनुमतिविनै खोलिएको यो क्याम्पबाट रिटायर्ड लाहुरेहरूको पेन्सन दिने, नवीकरण गर्ने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो ।