यति एयरलाइन्सको प्रबन्ध निर्देशकमा चन्दा नियुक्त
काठमाडौं । यति एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छिन् । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनपछि उनकी पत्नी चन्दालाई उक्त पदमा नियुक्त गरिएको हो ।
चन्दा यति एडभेञ्चरकी पनि प्रमुख पनि हुन् । एयरलाइन्सको कार्यकारी अध्यक्षमा भने लाक्पा सोनाम शेर्पा नियुक्त भएका छन् । सोनाम आङछिरिङका दाजु हुन् ।
यसैगरी कम्पनीको उपप्रबन्ध निर्देशमा नोर्बुछिरिङ शेर्पा, समूहको कार्यकारी निर्देशकमा विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतमा उमेशचन्द्र राई र आर्थिक निर्देशकमा अनोज रिमाल नियुक्त भएका छन् ।
यति आन्तरिक उडानमा दोस्रो बजा हिसा ओगट्न सफल वायुसेवा कम्पनी हो । अहिले यतिसँग एटिआर ७२–५०० जहाज चार वटा र जेटस्ट्रिम–४१ सिरिजका पाँच जहाज छन् ।
अर्को कम्पनी तारा एअरका २ वटा डोर्नियर डिओ २२८ र चार वटा डिएचसी, ६ ट्विनअटर विमान छन् । कम्पनीले जेठ महिनाभित्र अर्को एउटा एटिआर विमान भित्र्याउँदैछ ।