पाँच महिनाको अवोध बालकमाथि जातीय विभेद
मन्दिरमा दिईयो पातमा टीका
बुटवल । गुल्मीको वस्तु गाउँ जातीय विभेदको अखडा बन्दै आएको छ । आफुलाई शिक्षित र सभ्य समुदायको गाउँ भनेर चिनाउन चाहने धुर्कोट गाउँपालिका वडा नम्वर ५ साविक वस्तु गाविसमा दलित समुदायका जेष्ठ नागरिकहरुलाई जातिय विभेद गरेको समाचार सेलाउन नपाउँदै मंगलवार बिहान दलित समुदायका अबोध ५ बर्षिय बालक माथी पनि जातिय विभेद गरिएको छ ।
धुर्कोट गाउँपलिकाका वडा सदस्य टिका बिश्वकर्माका नाति ५ बर्षिय बालक ग्रेसन बिक माथी विभेद गरिएको हो । मंगलवार विहान नातिलाई सातो फुकाउन भन्दै बिश्वकर्माकी श्रीमति सिता बिश्वकर्माले लिएर त्यहाँको ऐतिहासिक कालिका मन्दिरमा लगेर गएकी थिईन ।
अन्य जातिका बालबालिकाहरु प्नि त्यहाँ पुगेका थिए । पुजारी झबिन्द्र पोखरेलले अन्य जातिका बालबालिकाहरुलाई मन्दिर भित्रै लगेर टिका लगाई दिए । सिता बिश्वकर्माका पाँच बर्षिय नातिलाई भित्र पस्न दिईएन । पुजारी पोखरेलले बाहिरै राख्न लगाए । भित्रबाट पातमा टिका लिएर पुजारी पोखरेलले लगाउन भनि दिए ।
सीता बिश्वकर्माले त्यसको बिरोध गरिन । पुजारी पोखरेलले बरु म पुजा गर्न छाड्छु र मर्न परे पनि मर्छु तर म आफुले टिका लगाई दिन्न भनेर अडान लिए । विवाद निकै बेर चल्यो , दलित समुदायका मानिसहरु दर्जनौ जुटे तर त्यहाँका आफुलाई शिक्षित सम्भ्य र समाज सुधार गर्ने ब्यक्ति भनेर औपचारिक कार्यक्रममा दावी गर्नेहरु एक जना पनि आएनन ।
बरु बालबालिकाहरु जुटेका थिए । जबकी जनप्रतिनिधी टिका बिश्वकर्माका छोरा संजिव बिश्वकर्माले क्षेत्री समुदायकी छोरी मनिषा केसीलाई बिबाह गरेका हुन । उनै केसीको कोखबाट जन्मिएका छोरा ग्रेशन त्यो पनि पाँच महिनाको बालक माथी त्यसरी जातिय विभेद गर्नु लज्जा स्पद मात्रै नभएर खेदजन भएको वडा सदस्य टिका बिश्वकर्माले बताए ।
स्मरण रहोस जेठ १ गते देखि सञ्चालनमा आएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा त्यहाँका दलित समुदायका बृद्धालाई विभेद गरेर केहि अनलाईन मिडियामा समाचार आए पछि त्यस सञ्चालक समितिले खण्डन गर्दै कुनै प्रकारको विभेद नगरेको दावी गरेको थियो ।
पछिल्लो यो घटनाले उनीहरुको दावी त्यहाँका दलित समुदायको शब्दमा ‘दलितलाई सक्दो दबाउने कुरा उठे स्याल भाका मिलाउने’ भने जस्तै भएको छ । त्यस कालिका मन्दिर पुजा ब्यबस्थापन समितिका अध्यक्ष भुपाल भण्डारी संग ५ बर्षीय बालक माथी सम्म यस्तो विभेद ? भन्ने प्रश्न गर्दा उनले म आफु त्यति बेला नभएको, अरु सबैलाई निधारमा टिका लगाई दिदा ती बालकलाई पनि नलगाई दिनु पर्ने , किनै कराईयो भन्ने सुनेको छु, अब त्यस्तो विभेद भए म मोवाईलमा रेकर्ड गरेर तपाईलाई बुझाउने छु, विभेद हुन दिने छैन भन्ने जवाफ दिए ।
त्यस वडाका वडाध्यक्ष ढुृण्डिराज भण्डारी,धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले एकैचोटी परिवर्तन ल्याउन मुस्कील परेको तर जातिय विभेद गर्नेहरुलाई उजुरी परे अब कानुन अनुसार कार्बाही गर्ने प्रतिबद्धता जनाएका छन ।
काठमाडांै महानगरपालिका र नबिल बैंक र बीच सम्झौता
काठमाडौं । काठमाडौं महानगरपालिका र नबिल बैंक बीच सम्झौता भएको छ । बैंकले काठमाडौं महानगरपालिकाबीच नयाँ सडक गेट अगाडि पूर्वतर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिमतर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गर्ने विषयमा सम्झौता गरेको हो ।
बैंकका अनुसार एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको स्प्रे प्रवाहित गरी वर्षैभरि फूललाई हरियालीयुक्त रमणीय बनाउन काठमाडौं महानगरपालिकासँग बैंकको सहकार्य रहनेछ । काठमाडौं महानगरपालिका नगर प्रमुख विद्यासुन्दर शाक्यले नबिल बैंकसँगको सम्झौताले काठमाडौंको सुन्दरता बढाउने भएकोले धेरै उत्साहित भएको बताए ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले यो सहकार्यले हरितकरण प्रयासलाई टेवा पु¥याई काठमाडौं महानगरपालिकामा रहेका सडकका ट्राफिक आइल्याण्डहरुमा सौन्दर्य वृद्धि गरी सहरको वातावरण सुुन्दर हुुने धारण व्यक्त गरेकाछन् ।