लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना तथा सरसफाई अभिमुखिकरण कार्यक्रम

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको एक बिद्यालयमा लागु औषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम तथा सरसफाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । जिल्लामा रहेको रेसुङ्गा माध्यमिक बिद्यालयमा रेसुङ्गा नगरपालिका वडा नं–२ को आर्थिक सहयोग तथा डायमण्ड युवा क्लब तम्घासको आयोजनामा सो कार्यक्रम गरिएको हो ।
रेसुङ्गा नगरपालिका वडा नं २ का वडाअध्यक्ष उदय बहादुर थापाले डायमण्ड युवा क्लब प्रशिक्षित भएपश्चात वडाको प्रत्येक टोल–टोलमा पुगेर प्रशिक्षण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘डायमण्ड युवा क्लबको माध्यमद्धारा प्रत्येक टोल–टोलमा पुगेर लागु पदार्थ दुव्र्यसनी तथा सरसफाईका बिषयमा जानकारी गराउने छौँ ।’ यसले स्वस्थ नगरपािलका र हराभरा नगरपालिका बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।
कार्यक्रममा ‘लागु औषध दुव्र्यसन विरुद्ध सचेतना सम्बन्धी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरिक्षक रविन्द्र खड्काले प्रशिक्षण दिनुभएको थियो । खड्काले जिल्लामा लागु पदार्थ दुव्र्यसनीको अवस्था भयावह नभए पनि हुन सक्ने जोखीमलाई न्युनिकरणका लागि यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभएको छ । उहाँले जिल्लामा लागु पदार्थ दुव्र्यसनीको नियन्त्रणका लागि बाहिर जिल्लाबाट प्रवेश हुने नाकाहरुका ठाउँठाउँमा चेक प्वाइन्टहरु राखिएको बताउनुभएको छ ।
प्रहरीको सक्रियतामा समय–समयमा गाँजा फडानीसँगै जिल्लाका विभिन्न विद्यालयहरुमा पुगी यस सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको पनि बताउनुभएको छ ।
सरसफाई सम्बन्धी अभिमुखिकरण रेसुङ्गा नगरपालिका वातावरण शाखा प्रमुख शङकर गौतमले प्रशिक्षण दिनुभएको थियो । उहाँका अनुसार शहरी क्षेत्रको ७५ प्रतिशत फोहोर घरबाट उत्पादन हुने गर्दछ । फोहोर उत्पादन दर प्रति व्यक्ति ०.३४ के.जी रहेको छ । फोहोरको सही व्यवस्थापन गर्न सके फोहोरलाई मोहरमा रुपान्तरण गर्न सकिने बताउनुभयो ।उहाँले घर तथा विभिन्न क्षेत्र बाट निस्कने फोहोरको सही व्यवस्थापनका लागि नागरीकहरुको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । नगरपालिका यसकोका लागि निरन्तर प्रयासरत रहेकाले हातमा हात मिलाएर लाग्न आग्रह पनि गर्नुभयो ।
अभिमुखिकरण कार्यक्रममा रेसुङ्गा माध्यामिक बिद्यालयका प्रधानाध्यापक प्रेमनारायण भण्डारी, रेसुङ्गा नगरपालिका वडा नं–२ का वडासदस्यहरु कृष्ण बहादुर थापा, शेरबहादुर विश्वकर्मा, गंगा थापा, नारायणी विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो । डायमण्ड युवा क्लबका अध्यक्ष तिलक के.शीको अध्यक्षता रहेको अभिमुखीकरण कार्यक्रममा शिक्षक र बिद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।